प्रधानमन्त्री ओलीले नेपाल पक्षका सांसदलाई सुटुक्क बालुवाटारमा बोलाएर जब यस्तो भने



काठमाडौ । नेकपा एमालेमा देखिएको विभाजन पछि आफ्ना पक्षमा नेतालाई पार्न प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आफै सकृय भएका छन् । उनले झलनाथ खनाल–माधवकुमार नेपालनिकट सांसदहरुलाई छुट्टाछुट्टै भेटेर फकाउन थालेका छन्। सरकार विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कुरामा नेपाली कांग्रेस र जसपा लगायतका दलहरुबीच बारम्बार छलफल र बैठक थालेपछि ओली पनि सरकार टिकाउने कसरतमा लागेका हुन् ।

उनले संसदमा बहुमत पुर्याउन नेपाल पक्षका सांसदहरुलाई फकाउन थालेका छन् । त्यसका लागि प्रधानमन्त्री ओली आफै सकृय भएका छन् भने महासचिव ईश्वर पोखरेल तथा अर्थमन्त्री विष्णु पौडेल लगायतका नेता पनि लागेका छन् । उनीहरुले खनाल–नेपालको साथमा रहेका सांसदहरुलाई आफ्नो पक्षमा लाग्न आग्रह गरेका हुन्।

उनीहरुले विरोध खतिवडा, जीवनराम श्रेष्ठ, ध्रुवबहादुर शाही, राजबहादुर बुढा लगायतलाई भेटेर आफुहरुलाई साथ दिन आग्रह गरेका छन् । सांसद खतिवडालाई प्रधानमन्त्री ओली आफैँले फोन गरेर सहयोग मागेको बताइएको छ । खतिवडालाई अर्थमन्त्री पौडेलले पनि छुट्टै संसद् भवन नयाँ बानेश्वरमा पनि भेटेका थिए । यो कुरा खतिवडा आफैले पुष्टि गरेका छन् ।

सांसद शाही र बुढासँग प्रधानमन्त्री ओलीले बुधवार र बिहीबार बालुवाटारमा आफैँले छलफल गरेको पनि बताइएको छ । खतिवडा, श्रेष्ठ, शाही तथा बुढाले ओली पक्षसँग संवाद गरेको पुष्टि गरेका छन्।

‘भेटमा सहयोग गरिदिनु पर्‍यो भन्ने आग्रह आएको उनीहरुको भनाई छ । प्रधानमन्त्री ओली माधव नेपाल र झलनाथलाई एक्लो बनाउन उनीहरु पक्षका सांसदलाई एक्ला एक्लै भेटेर ब्यक्तिगत रुपमा डिल गर्न खोजेको आफुहरुले महशुस गरेको ति नेताको भनाई छ । प्रधानमन्त्रीले सिधै सांसदहरुलाई तपाईं एउटा रुखको नेता बन्ने कि जंगलको भन्ने प्रश्न गरेका थिए ।

यसअघि पनि प्रधानमन्त्री ओलीले एमालेभित्र समूहगत रुपमा कुनै छलफल नगर्ने, व्यक्तिगत रुपमा कुनै गुनासो भए त्यसलाई समाधान गरेर जाने बताएका थिए।तर, खनाल–नेपालले सर्वोच्च अदालतको फैसलाले २०७५ जेठ २ गतेको अवस्थामा पुर्‍याएको भन्दै त्यस समयको पार्टी संरचनालाई ब्युँताउनु पर्ने माग राखेका छन्।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्