मध्यराति चट्याङ पर्दा लिखु गाउँपालिका अध्यक्ष र वडाध्यक्षका घर ध्व स्त, विभिन्न जिल्लामा ४ जनाको मृत्यु



काठमाडौ । विहिवार राती परेको हावाहुरी र चट्याङ ले वाग्लुगं, स्याग्जा, भोजपुर र तेह्रथुमलगायतका ठाउँमा केहीको मृत्यु भएको छ । गएराति हावाहुरी सहितको वर्षाका क्रममा पूर्वी पहाडी जिल्ला भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिनेकी ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई छन् ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार बिहीबार बेलुका ७ बजे रोहिता आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएकी थिइन् । उपचारका लागि अस्पताल लाने तयारी हुँदै गर्दा राती ११ बजेतिर घरमै मृत्यु भएको हो ।

बाग्लुङ र स्याङ्जामा चट्याङका कारण २ जनाको मृत्यु भएको छ भने एक जना घाइेत भएकी छन् । बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता ९एसएसपी० मोहन पोखरेलले बताए ।

ओखलढुंगामा गाविस अध्यक्ष र वडाअध्यक्षको घरमा आगलागी भएको छ । लिखु गाउँपालिका(८ मा गएराति चट्याङ पर्दा गाउँपालिका अध्यक्ष गोविन्द पौडेल र वडाध्यक्ष विशाल पौडेलका तीनवटा घर ध्वस्त भएका छन् । उनीहरुको घर संगै जोडिएको थियो । ठूलो हावाहुरीपछि मध्यराति १ बजे परेको चट्याङले तीनवटा घर ध्वस्त भएको छ । सुरुमा अध्यक्ष पौडेलको घरमा चट्यागं परेको थियो ।

टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका सहोदार भाइ सोही वडाका वडाध्यक्ष विशालको घर ध्वस्त भएको हो । उनीहरुको घर संगै जोडिएको एल आकारमा बनाइएका थिए । भूकम्पपछि बनेको अर्को एउटा नयाँ घर समेत चट्याङबाट भत्किएको छ ।

रातीमा कोही नबस्ने भएकाले आफ्नो घरमा मानवीय क्षति नभएको र भाइको घरमा भागदौड हुँदा बुहारीको खुट्टा फ्याक्चर भएको अध्यक्ष पौडेलले बताएका छन् । चट्याङ परेपछि आगलागी भएको थियो ।भन्ज्याङस्थित घरमा चट्याङपछिको आगलागीले घरभित्र रहेका नगद जिन्सी लगायत सबै भौतिक सामाग्री नष्ट भएको उनले बताए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्