पार्टीको ह्वीप नमानेर माओवादी सरकार जोगाउने यि हुन् ४ एमाले सांसद, पार्टीले कारवाही गर्दै



काठमाडौं । नेकपा एमालेका ४ सांसदले साथ दिएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ । उनले विश्वासको मत पाएका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा उनको प्रस्तावमा मतदान भए पछि सरकार जोगिएको छ । शाही अब एक वर्ष सम्मका लागि बलियो भएका छन् । एक पटक विश्वासको मत लिएपछि अब एक वर्ष फेरी अविश्वासको प्रस्ताव पेश गर्न नमिल्ने कानुनी प्रावधान छ ।

शाहीको प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेका कारण उनको सरकार जोगिएको हो । सभामुख राजबहादुर शाहीले शाहीले विश्वासको मत प्राप्त गरेको सदनलाई जानकारी दिए । बैठकमा ३७ जना उपस्थित थिए । कर्णाली प्रदेशमा पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई नेकपा एमालेले आजै कारबाही गर्ने भएको छ ।

कर्णाली प्रदेशका मुख्य सचेतक गुलाबजंग शाहले आजै कारबाही गरिने बताएका छन् । माधव नेपाल पक्षका पूर्वमन्त्री प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बूढाले प्रस्तावको पक्षमा मतदान गरेका थिए । “पार्टीको ह्वीप उल्लंघन गर्नेलाई आजै कारबाहीको सिफारिस गरिनेछ,” उनले भने ।

नेकपा एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्