काठमाडौ आज पनि दिउसै अँध्यारो, भोली पनि यस्तै रहने मौसमविद्को भनाई



काठमाडौं । काठमाडौं उपत्यकामा चट्याङसहित वर्षा भएको छ । लामो समय देखि वर्षा नभएका कारण प्रदुषण भोगी रहेका काठमाडौवासीलाई केही राहत भएको छ । दिउसोबाट हावाहुरी, चट्याङ र असिनाका कारण उपत्यकाको जनजीवन भने केही असहज बनेको छ ।

“काठमाडौंमा चट्याङसहित वर्षा भइरहेको छ,” मौसमविद् वरुण पौडेलले भने, “दुई तीनघण्टा समस्या छ । भोलि दिउँसो पनि यस्तै हुन सक्छ । प्रि मनसुन सिजनका कारण यस्तो समस्या आउँछ । हुरी बतास, चट्याङ भइरहेको छ ।” उनका अनुसार काठमाडौं, गोरखा, पोखरालगायतका क्षेत्रमा प्रि मनसुनको असर देखिएको छ ।

हाल प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागहरुको थोरै स्थानमा मेघगर्जन,चट्याङ, हावाहुरीसहित हल्का वर्षा भइरहेको वरिष्ठ मौसमविद् पौडेलले बताए ।

उनले भने,‘अहिले काठमाडौं उपत्यका लगायतका क्षेत्रमा ठूलो पानी त होइन हल्का पानी परिरहेको छ । तर चट्याङसहित कुनै ठाउँमा असिना परिरहेको छ । उनका अनुसार प्रि(मनसुन सक्रिय भएकाले अहिले हावाहुरीसहित पानी परिरहेको हो । प्रि (मनसुनको समयमा बिहान घाम लाग्ने दिउँसो भएपछि हावाहुरी चल्ने, चट्याङ पर्ने र पानी पर्दछ । र विहान रोकिन्छ । प्रि(मनसुनको समयमा लगातार झरी पर्ने भने हुँदैन । जेठर असारदेखि मनसुन सक्रिय हुनुअघि प्रि(मनसुनको प्रकृया चल्ने मौसमविद्ले पौडेलले बताए । तस्बिर बाह्रखरी

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्