प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किए



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धेरै समयपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुरा हुन लागेको भन्दै ललितपुरमा आयोजित एक कार्यक्रम छोट्याएर फर्किएका छन् ।

ललितपुरको कोन्जोसोम गाउँपालिकाको कार्यक्रममा पुगेका प्रचण्डले धेरै समयपछि आफूलाई प्रधानमन्त्रीको फोन आएको बताए । उनी प्रधानमन्त्रीसँग भेट्नका लागि भन्दै छोटो समय बोलेर फर्किएका छन् ।

प्रचण्डले भने, ‘यहाँ आउँदा बाटोमै मलाई प्रधानमन्त्री केपी ओलीको फोन आयो । धेरै समयमपछि फोन आएको छ । तपाईंले के भन्न खोज्नुभएको हो, म एउटा कार्यक्रममा छु भनेँ । आज भेट्दा यहाँको बाटो बनाइदिनुस्, ठूलो काम हुन्छ भन्नेवाला छु ।’

आफू प्रधानमन्त्रीलाई भेट्नका लागि भन्दै प्रचण्ड पानी परिरहेका बेला कार्यक्रमस्थलबाट फर्किएका थिए ।- नेपाल प्रेस

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्