भारतमा कोरोना कहर, एउटै चितामा आठ शव जले , हेर्नुहोस् हृदयबिदारक भिडियो



भारतको सूरत सहरको एक शमसान घाटमा एउटै चितामा ८ वटा शव जलाइएको छ । भारतीय सञ्चारमाध्यम नव भारतका अनुसार घाटमा दाह संस्कार गर्नका लागी ल्याइएका शवको संख्या अत्याधिक भएकोहुनाले लामो समयसम्म दाह संस्कारका लागी कुर्नु पर्ने भएपछि एउटै चितामा ८ बटा शव जलाइएको हो ।

सूरतमा मात्र नभएर गुजरातका अधिकांश घाटको अवस्था पनि यस्तौ रहेको समचारमा उल्लेख छ । २४ घण्टा घाटमा शवको दाह संस्कार भइरहको भएपनि घाटमा शव आउने संख्या बढ्दै गएको छ ।जसमध्ये अधिकांश शव कोरोना संक्रमितको भएपनि भारत सरकारको आकडा र शमसानमा आएका कोरोना संक्रमितका शवको आकडामा अत्याधिक मात्रामा अन्तर रहेको समचारमा बताइएको छ ।

राज्यको चार प्रमुख सहरका नगरनिमले जारी गरेको कोरोना बुलेटिनमा दैनिक २५ जनाको मृत्यु भएको उल्लेख गरिएको भएपनि त्यो भन्दा अत्याधिक मात्रामा मृत्यु भएको बताइएको छ । मध्य गुजरातको सबै भन्दा ठूलो अस्पताल एसएसजीमा पछिल्लो ९ दिनमा १८० जनाको मृत्यु भएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्