ओलीले बोलाएको सर्वदलीय बैठक प्रचण्ड र नेपालले गरे वहिष्कार, भट्टराई र यादवलाई बोलाइएन, को-को पुगे के-के कुरा भए ?



काठमाडौ । लामो समय देखिको संवाद हिनता अन्त्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सर्वदलिय बैठक बोलाए । सर्वदलिय बैठकमा उनले आफुलाई काम गर्न नदिएको भन्दै सभामुख अग्नि सापकोटाको आलोचना गरेका छन् । खासगरी प्रधानमन्त्री ओलीले एमसीसीको विषयलाई छलफलको मुख्य एजेण्डा बनाएका थिए । वैठकमा एमसीसी वाहेक मुख्य तीन विषयले प्रवेश गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकपछि परराष्ट्र मन्त्री तथा एमाले नेता प्रदीप कुमार ज्ञवालीले बढ्दो कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, रिक्त रहेको स्थानमा उपनिर्वाचन र संसदमा अड्किएको विधेयकबारे छलफल केन्द्रीत भएको जानकारी दिए । साथै, बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको ज्ञवालीले बताए ।

सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसदलाई ब न्ध क बनाएको आरोप लगाएका हुन्। बैठकमा भाग लिएर बाहिरिएपछि राप्रपाका अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीले सभामुखले सरकारलाई कामै गर्न नदिएको गुनासो गरेको सञ्चारकर्मीसँग बताए।

‘सभामुख अराजक बन्नुभयो, उहाँले संसदलाई ब न्ध क बनाएर सरकारलाई कामै गर्न दिनुभएन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा। लोहनीले भने, ‘यसको निकास कसरी खोज्ने भनेर दलहरूसँग राय माग्नुभयो। सर्वदलीय बैठकमा उहाँले सभामुखप्रति आ क्रो श पोख्नुभयो।’ बैठकमा एमसीसीलाई सभामुखले संसदमा अ ड् का उने काम गरेको प्रधानमन्त्री केपी ओलीले आ क्रो श पोखेका थिए । त्यसपछि काँग्रेस लगायतका दलले सो विषय संसदमा अ ड् का एर राख्न नहुने भन्दै त्यसलाई निर्णयार्थ पेश गरिनुपर्ने धारणा राखेका थिए ।

उनका अनुसार बैठकमा ओलीले कोरोनाको दोस्रो लहरविरुद्ध कसरी लड्ने भन्ने सुझाव पनि मागेका थिए। आफूले राजनीतिक निकास खोजेर कोरोना नियन्त्रणलगायत महत्त्वपूर्ण काममा लाग्न सुझाव दिएको डा। लोहनीले बताए। प्रचण्ड र नेपालले सर्वदलिय बैठक बहिष्कार गरेका थिए । प्रचण्डलाइ ओलीले आफै फोन गरेर बोलाएका थिए । जवाफमा प्रचण्डले सिंहदरवारमा बैठक राख्नेभए आफु सहभागी हुने तर वालुवाटारमा नजाने जवाफ दिएका थिए भने नेकपा एमालेका माधव कुमार नेपालले पनि वैठक बहिष्कार गरे ।

जसपाका डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई बैठकको निम्ता नै पुगेन । बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र प्रमुख सचेतक बालकृष्ण खाण सहभागी भएका थिए भने जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला गएका थिए।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्