विदेश बाट आएकी श्रीमतीले मिठो मानेर खाना खाएका श्रीमानको भयो मृत्यु



काठमाडौ । एक महिलाले श्रीमानलाई खानामा वि ष राखेर दिइन् । उनको मृत्यु पछि घटनावाट बच्न विदेश भागेकी थिइन् । घरमा भएको खाना जाँच गर्दा वि षादी मिसाएको थाहा भयो । अनुसन्धानका क्रममा महिला नै दो षी भएको खुल्दा सम्म उनी जोर्डन पुगीसकेकी थिइन् । श्रीमानलाई खान दिएको भातमा वि ष मिसाइएको थियो । ति महिला अहिले ४ वर्ष पछि पक्राउ परेकी छन् ।

धादिङ साबिक मूलपानी गाविस(२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका(४ मा डेरा गरी बस्ने २९ वर्षीया महिलालाई प्रहरीले घटना भएको ४ वर्ष पछि पक्राउ गरेको हो । बुधबार उनकै कोठाबाट पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान थालेको छ । घटना २०७२ सालको भएको प्रहरीले जनाएको छ । त्यतीबेला उनीहरू सूर्यविनायक ४ मा डेरा गरी बस्थे।

परिसर प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार उनका श्रीमान वैदेशिक रोजगारीबाट २०७२ माघ २७ गते फर्केका थिए। भोलिपल्ट ती महिलाले छोराछोरीलाई स्कुल पठाएपछि श्रीमानका लागि छुट्टै खाना बनाइदिएकी थिइन् ।

श्रीमानले आफुलाई माया गरेर श्रीमतीले छुट्टै खानेकुरा बनाइदिएको सम्झिए । छोराछोरी स्कूल गएपछि श्रीमानले साढे ९ वजेतिर दाल, अण्डा करी, खाना खाएका थिए । तर त्यो खाएपछि उनलाई बेचैनी भयो । श्रीमतीले नै उनलाई उपचारका लागि अस्पताल लिएर गएकी थिइन् । उपचारको क्रममा त्यही दिन मध्यान्ह १२ बजे मृत्यु भएको थियो।

प्रहरीमा उजुरी दिने पनि श्रीमती नै थिइन् । भिसेरासमेत संकलन गरेर प्रयोगशाला पठाइएको थियो । खानामा वि षादी फेला परे पछि अनुसन्धान महिला तिरै मोडिएको थियो । तर प्रहरीले उनको संलग्नता थाहा पाउँदा सम्म उनी जोर्डन पुगिसकेकी थिइन् ।

घटनाबारे यस्तो थाहा पाएपछि २०७४ साल पुस २७ गते मृतकका भाइले उनीविरूद्ध कर्तव्य ज्या’नमुद्दामा जाहेरी दिएका थिए। दुई महिना अघि नेपाल फर्केकी उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक थापाका अनुसार ती महिलाको अन्य पुरूषसँग सम्बन्ध थियो। त्यो कुरा खुल्ने डरले उनले घटना गराएकी थिइन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्