डिमारीका मार्फत कल्पपुञ्ज पुरस्कार वितरण



डिमारीकाको आयोजनामा ‘साहित्यकार कल्पना श्रेष्ठ कल्पपुञ्जले स्थापना गर्नु भएको कल्पपुञ्ज पुरस्कार २०७७ बाट विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेती सम्मानित हुनुु भएको छ । अटिजम भएका बालबालिका तथा युवाहरुको शिक्षा र सिप विकासमा योगदान पुुर्याएको भन्दै उहाँलाई उहाँकै विशेष विद्यालय भवन ताथली भक्तपुरमा सम्मान गरिएको हो ।

अपाङ्तालाई केन्द्रमा राखेर लेखिएका साहित्य,सृर्जना भएका कला सङ्गित, अपाङ्ता भएका बाल प्रतिभा र अपाङ्ताको शिक्षाको क्षेत्रमा काम गर्ने शिक्षा सेवीहरुलाई कल्पपुञ्ज पुरस्कार प्रदान गर्न सकिने डिमारीकाकी संस्थापक संयोजक आश्मा अर्यालले बताउनुु भयो । उहाँले भन्नु भयो, ‘दिदी मनिषा गौचन र मैले स्थापना गरेको डिमारीका एउटा अभियान हो । र कल्पना दिदी यही अभियानमा हामीसँग सुुरुबाटै जोडिनुुले हामी निक्कै खुुसी भएका छौ ।’

भत्तपुर सि.बि.आर.की प्रिन्सिपल विद्या राजभण्डारी,भक्तपुर नेत्रहिन संघका अध्यक्ष सुुरेश राजभण्डारी,शिक्षक सुधा मैनाली लगायतले शुुभकामना व्यक्ति गर्नु भएको उक्त कार्यक्रममा बोल्दै पुुरस्कारका संस्थापक कल्पना श्रेष्ठ कल्पपुञ्जले आनी सानी छोरी इभाना र आश्मा अर्यालको जन्मदिनलाई समेत विशेषरुपमा मनाउनको लागि बैशाख १० गतेलाई छानेको उल्लेख गर्दै भन्नु भयो,‘ डिमारीकासँग मेरो सहकार्य रहिरहने छ । यो हाम्रो पुरस्कार त्यति ठूलो कुरा त होईन तर हाम्रो लागि समाजका भूूईँमान्छेहरुलाई सम्मान गर्ने एउटा आनै किसिमको आत्मा सन्तुष्टि र अवसर हो ।’

कार्यक्रममा विद्यालयको तर्फबाट अटिजम हुुनुु भएकी शिक्षिका अलिसा न्यौपानेले नृत्य प्रस्तुुत गर्नुु भएको थियो भने सम्मानित सविता उप्रेतीले विद्यायलय संचालन गर्नुको कारण,भोग्नुु परेका समस्या र प्राप्त सफलताहरु बारे बोल्नुु भएको थियो । बहुु अपाङ्ता भएकी इशा अछामीको गीत र केक काट्ने कार्यक्रमले सहभागिहरुमा थप उत्साह थपेको देखिन्थ्यो । कार्यक्रमको भिडियो तल हेर्नुहोला

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्