पूर्वमन्त्री शङ्कर भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण



नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना सङ्क्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका पूर्वमन्त्री भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि साँझ ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका हुन् ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौँ फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको थियो । पूर्वमन्त्री भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेशनमै छन् ।

त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोनाभाइरस संक्रमण भएको छ। ज्वरो आएपछि उनले स्वाब परीक्षण गराएकोमा सोमबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

शर्माले आइतबार स्टार अस्पतालमा स्वाब परीक्षणका लागि दिएका थिए। शर्माले डाक्टर अनुप बाँस्तोतासँग परामर्श गरी आफूले स्वास्थ्य लाभ गरिरहेको बताएका छन्।

‘डेरामै आइसोलेसनमा छु,’ उनले भनेका छन्, ‘लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ।’उनले कोरोनाबाट बच्न सबै सजग हुनुपर्ने पनि बताएका छन्।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्