उपत्यकामा लकडाउनका बारेमा निर्णय लिन बैठक बस्दैगर्दा ललितपुरका सिडिओलाई कोरोना पुष्टि



काठमाडौ । उपत्यकामा जारी लकडाउनका विषयमा थप निर्णय गर्न तीन जिल्लाका सिडिओका बैठक बस्नुपर्ने थियो । सोमवार पनि तीन सिडिओको बैठक बसेर लकडाउनका बारेमा केही निर्णय गरेका छन् । त्यसमा थप निष्कर्षमा पुग्न बैठक बस्नै लागेको बेलामा ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना पुष्टि भएको छ।
ष्लखयतभअज

उनले आफूलाई कोरोना भाइरस पुष्टि भएको जानकारी दिए। सामान्य खोकी लागेर पिसिआर परिक्षण गराउँदा आफुलाई कोरोना पुष्टि भएको र अहिले आफू निवासको आइसोलेसनमा बसिरहेको उनले बताएका छन् ।

मंगलबार काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्न लागेको छ। निषेधाज्ञा एक साता लम्ब्याउन प्रजिअहरू बैठक बस्न लागेका हुन्। सिडिओलाई कोरोना पुष्टि भएपछि अब बैठकमा ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेत सहभागी हुने प्रजिअ निरौलाले बताए।

आज बस्ने बैठकले काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा पार्न लागेको छ। त्यस्तै, बेलुकी अतिआवश्यक पसलहरू खोल्न दिने नदिनेबारे पनि छलफल गर्नेछन्। उपत्यकामा सरकारी कार्यालय र वित्तिय संस्था संचालन गर्दा सवारी आवागमनको चाप र भिड नघटेको भन्दै त्यसको पनि उचित विकल्प खोज्न थालिएको सिडिओले बताएका छन् । सरकारी कार्यालय कसरी ब्यवस्थित चलाउने र बैंक र वित्तिय संस्थाका बारेमा निर्णय लिन राष्ट्र बैंकसंग समन्वय गरिने भएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्