ससुराली आएका लोकबहादुरको उपचारै नपाएर मृत्यु, आफन्तले समेत छोडेर हिँडेपछि मेडिकल अगाडी शव अलपत्र



काठमाडौ । धनुषामा एक युवाको उपचार नै नपाएर मत्यु भएको छ । ससुराली आएका उनी अस्वस्थ्य भएपछि केही दिन घरमै राखेर उपचार गरिएको थियो । तर स्वास प्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल लैजाँदा कुनै पनि अस्पतालले भर्ना लिएनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारको अभावमा कुनै पनि बिरामीले मर्नु नपर्ने दावी गरेको २४ घण्टा नबित्दै एक युवाले उपचार नपाएरै मृत्यु भोग्नु परेको छ । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४० वर्षीय लोकबहादुर परियारले उपचार नै पाएनन् ।

कोरोना लागेको शंकाको आधारमा चेकजाँचका लागि जनकपुरधामस्थित सरकारी तथा निजी अस्पतालले भर्ना नलिँदा उनको मृत्यु भएको हो । पछिल्लो पाँच दिनदेखि रूघाखोकी र ज्वरोले ग्रसित परियार घरमै सामान्य उपचार गराइरहेका थिए। सास फेर्न कठिन भएपछि सोमबार साँझ उनको उपचार गर्दै गरेका बटेश्वरकै आरपी मेडिकल हलका सञ्चालक सुवोध साहले एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका थिए ।

तर एम्बुलेन्स चालकले जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगे त्यहाँ वेड छैन भनेर फर्काइयो, उनले अन्य निजी अस्पतालमा पनि लगे तर कसैले पनि उनलाई भर्ना लिएनन् । बाध्य भएर उनलाई बटेश्वर बजारस्थित आरपी मेडिकल हलमै फर्काएर ल्याए । उनको मेडिकल हल अगाडी नै निधन भयो । एम्बुलेन्स चालक रामबाबु महतोका अनुसार अस्पतालहरुले पैसा डिपोजिट गर्न भनेको तर बिरामीका आफन्तले पैसा डिपोजिट गर्न नसक्दा अस्पतालहरुले बिरामीको भर्ना गर्न मानेनन् ।

आर पी मेडिकल हलका सञ्चालक सुवोध साहले आफुले पहिला नै यहाँ उपचार सम्भव नभएकाले अन्तै लगेर उपचार गराउन भनेको भएपनि त्यो सम्भव नभएका कारण उनको मृत्यु भएको बताए । बिरामीको मृत्यु भएपछि आफन्तहरुले समेत छाडेर गएका छन् । उनकै मेडिकल अगाडि युवकको शव बेवारिसे अवस्थामा छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्