नरेन्द्र मोदीलाई यस्तो आग्रह गर्दै ट्वीट गरेपछि कंगनाको ट्विटर अकाउन्ट निलम्बनमा



एजेन्सी । बलिउडकी अभिनेत्री कंगना रनावत बारम्बार विवादित हुन्छिन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको कट्टर भक्त हुन् । उनका ट्वीटहरु नरेन्द्र मोदीलाई समर्थन गर्ने खालका हुन्छन् । साथै उनले बलिउड कलाकारहरुका बारेमा पनि कडा टिप्पणी गर्दै सामाजिक सञ्जालमा लेख्छिन् । हालै ममता वेनर्जीका बारेमा उनले गरेको ट्वीका कारण उनको ट्विटर अकाउन्ट निलम्बित भएको छ।

भारतीय संचार माध्यमहरुले उनको ट्वीटर एकाउण्ट बन्द निलम्बनमा परेको जनाएका छन् । उनले लगातार विवादास्पद ट्विट गरेपछि अकाउन्ट निलम्बन गरेको एनडिटिभीले जनाएको छ। ट्विटरमा विभिन्न राजनीतिक तथा बलिउडका टिप्पणी गरेर कंगना पटक(पटक विवादमा आउने गर्छिन्।

उनको अकाउन्ट निलम्बित भएसँगै अहिले ट्विटरमा कंगना रनावत ट्रेन्डिङमा छिन्। उनले पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेकी थिइन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूमा जस्तै ‘विराट’ रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेकी थिइन्।

उक्त ट्विट गरेपछि उनको अकाउन्ट निलम्बन गर्न माग भएको थियो। हालै पश्चिम बंगालमा भएको विधानसभाको चुनावमा ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीले जितेको हो। उनले आफ्नो चुनावी क्षेत्र नन्दीग्राममा हारे पनि उनको पार्टीले दुई तिहाइ बढी सिट जितेको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्