“ज-जसले हेर्नुभयो राम्रै भन्नु भयो”



शर्मिला राई,

धनकुटा । परदेशी भूमीलाई कर्मथलो बनाएका गीतकार एवं निर्देशक बिष्णु विक्रम निरौला एक सञ्चार कर्मी समेत हुन । उनले केही समय अघि रेकर्ड गराएका गीतहरु क्रमशः एक पछि अर्को सार्वजनिक हुने क्रम जारी छ । केही समय अघि “चट्ट कपाल कोरेर” त्यसपछि “माया पलायो” र भर्खरै “गाजल लिपिक्कै” गीत सार्वजनिक गरिसकेका छन र अर्को “क्या हिरो भएछ” गीत सार्वजनिक गर्ने तयारीमा लागेको बताऊछन उनी ।

सार्वजनिक गरिएका ४ वटै गीत सञ्चारकर्मी समेत रहेका विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन त्यस्तै यम के निरौलाको संगित र विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको प्रोडक्सन म्यानेजर मोहन राईको भनाई छ । सबै गीतको रिङब्याक टोन पनि एक्टिभ गरिसकिएको र रिङब्याक टोनको कोड भिडियोको डिस्क्रिप्सनमा रहेको समेत राईले जानकारी दिए ।

पुर्वाञ्चल गट ट्यालेन्टका सञ्चालक समेत रहेका कलाकार सुमन योगी, मोडन सिम्रन कार्की, नुमाफुङ लिम्बु, आश्था भुजेलको दमदार अभिनय रहेको ‘गाजल लिपिक्कै’ गीतमा अन्य कलाकार करुणा लिम्वु, सुजन राई, पुष्पराज तामाङ, स्वीकृती योगी र अभिशेक लिम्बुको भुमीका पनि उत्तिकै गहन रहेको प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको र सुमन योगीको नृत्यनिर्देशन रहेको ‘गाजल लिपिक्कै’गीतलाई निशान भट्टराईले आबाज दिएका छन, हेर्नुहोस् उक्त गीत

त्यस्तै कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको गीत “माया पलायो” मा अन्य कलाकार नुमामफुङ लिम्वु, आस्था भुजेल, करुण लिम्वु, सुजन राई, पुष्पराज तामाङ र स्वीकृती योगीको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त गीतमा अस्मिता अधिकारी र विशाल निरौलाले आवाज दिएका छन, हेर्नुहोस् उक्त गीत

त्यस्तै शुरुमै सार्वजनिक गरिएको सुमन योगी र सिम्रन कार्कीको अभिनय रहेको “चट्ट कपाल कोरेर” गीतमा गायक किरण भुजेलले दमदार आवाज दिएका छन । हेर्नुहोस् उक्त गीत

छोटो समय (१९ दिन) बिदामा नेपाल आएका उनीले करिव ९ दिनमा ४ गीतको भिडियो सकेर पुनः साऊदी फर्किएका थिए । साऊदी पुगेसँगै अफिसको कामका साथै गीत सम्पादनको काम पनि गरेको र एक पछि अर्को गीत सार्वजनिक गरेको गीतकार एवं निर्देशक विष्णु विक्रम निरौला बताऊछन ।

यसरी धाराप्रवाह रुपमा एक पछि अर्को गीत सार्वजनिक गर्दा बजार ब्यबस्थापनमा कठिनाई आँऊदैन भन्ने प्रश्नमा गीतकार एवं निर्देशक निरौला भन्छन्,- सङंघर्षसँगै गरिएको प्रयास हो, सिक्ने काम जारी नै छ । यद्दपी ज-जसले हेर्नुभयो राम्रै भन्नु भयो, त्यसैमा सन्तुष्ट छ । दर्शक, श्रोताले दिनुभएको माया नै पर्याप्त छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्