गण्डकी प्रदेशका मुख्यमन्त्रीको रिपोर्ट पनि पोजेटिभ, संसदिय दलको बैठकमा सहभागी भएका थिए शुब्बा



काठमाडौ । राजनीतिक माहोल तात्दै गएको बेलामा एकाएक राजनीतिक दलका नेताहरुलाई पनि कोरोनाले आफ्नो प्रभावमा पारेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको एन्टिजिन परीक्षणको रिपोर्ट पोजिटिभ आएको छ। उनी पनि होम आइसोलेसनमा छन् । एन्टिजिन पोजेटिभ देखिएका शुब्बाले पीसीआर पनि परिक्षण गरेका छन् ।

अब पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ। मंगलबार संसदीय दलको बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो। त्यसपछि संक्रामक तथा सरुवा रोग अस्पताल (कास्की) मा एन्टिजिन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो। पीसीआर परीक्षणका लागि पनि स्वाब दिइसकिएको र रिपोर्ट आउन बाँकी रहेको स्रोतले जनाएको छ।

यता काठमाडौमा पनि विशेष अधिवेशनको तयारीमा जुटेको संसद सचिवालयले बुधवार सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गरिरहेको छ । सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको हो ।

भोलि संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको परीक्षण हुने छ । ल्होत्से हलमा बिहान १० बजेदेखि परिक्षण सुरु गरिएको र साँझ ५ बजेसम्म पीसीआर परीक्षण हुने संसद सचिवालयले जनाएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्