मकैवारीमा भेटियो अर्धनग्न शव



काठमाडौ । मोरङको रतुवामाईमा अर्धनग्न महिलाको शव फेला परेको छ । मकैवारी भित्र फेला परेको शवको पहिचान समेत खुलेको छ । रतुवामाई नगरपालिका वडा नम्बर ६ मा मकैबारीभित्र आइतबार मृत अवस्थामा फेला परेकी महिला मोरङकै कानेपोखरी–१, होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।

तर घटना कसरी भयो भन्ने कुरा भने खुलेको छैन । प्रहरीले पोष्टमार्टमका लागि शव अस्पताल लगेको छ । पोष्टमार्टम रिपोर्ट पछि मात्र प्रहरीले थप कुरा खुल्ने जनाएको छ । उनका श्रीमानको २ वर्षअघि मृत्यु भएको थियो। उनका एक छोरा छन्।

कानेपोखरी गाउँपालिका–२ स्थित कृषि फर्ममा काम गर्ने ती महिलाले शुक्रबार बिहेमा जाने भनेर बिदा लिएकी थिइन्। तर आइतबार मकैबारीभित्र उनको शव भेटिएको हो। घाँस काट्न गएका एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनी माथि अनैतिक कर्म भएको अनुमान शवको प्रकृति हेरेर प्रहरीले लगाएको छ । लुगा च्यातिएको तथा सुरुवाल सुर्किएको अवस्थामा शव छ । उनको शरिरमा पनि चोट देखिएको प्रहरीले जनाउको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्