रामकुमारी झाँक्रीले फेरी दिइन् चेतावनी, हाम्रा लागि विजय र मृत्यू बराबर सम्भावना



काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्ने बताएकी छिन् । संधै झै उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदवाट विश्वासको मत लिने घोषणा पछि देखिएको राजनीतिक घटनाक्रमलाई लिएर झाँक्रीले यस्तो प्रतिकृया दिएकी हुन् ।

उनका नेता माधव कुमार नेपाल विपक्षी दलहरुसंग लगातार परामर्शमा छन् ।े शुक्रबार सामाजिक सञ्जालमार्फत नेतृ झाँक्रीले राजनीति व्यक्तिगत लेनदेनको मामिला नभएको बताउँदै राजनीतिक विषयमा उधारो संझौता पनि हुन नसक्ने उल्लेख गरेकी छिन् ।

उनले लेखेको स्टाटस यस्तो छ राजनीति व्यक्तिगत लेनदेनको मामिला होईन। राजनीतिक विषयमा उधारो संझौता पनि हुनसक्दैन। यु द्धमा होमिएका क्रान्तिकारीहरूका निम्ति विजय र मृत्यूको बराबर सम्भावना हुन्छ। जनता, राष्ट्र, संविधान र व्यवस्थाको रक्षाका लागि जुनसुकै जोखिम उठाउन तयार हुनुपर्छ।

आजै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग भइरहेको वार्ता सहमति नजिक नपुगेको उल्लेख गरेका छन् । उनले ओलीसंग आफ्ना पक्षका नेताहरुको बैठकलाई संकेत गर्दै यस्तो बताएका हुन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले ब्यूँताइदिएपछि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले एकपक्षीय रुपमा पार्टी संचालन गरेका छन् । ओली पक्षलाई फागुन २८ गते गरेको निर्णय फिर्ता लिन नेपाल पक्षको माग छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्