..त्यसपछि ओलीले बोलाए गोकर्ण विष्टमालाइ बालुवाटारमा !



काठमाडौ । विपक्षीको गठबन्धन बलियो हुँदै गएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका माधव नेपाल पक्षका नेताहरुलाई बेग्ला बेग्लै बोलाउँदै छलफल गर्न थालेका छन् । विहिवार मध्यरातमा माधव पक्षका योगेश भट्टराई र घनश्याम भुसाललाई बोलाएर कुराकानी गरेका ओलीले शुक्रवार फेरी गोकर्ण विष्टलाई बोलाएका छन् ।

वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा ओलीले गरेपछि विपक्षी दलहरुले उनलाई हराउन रणनीति बनाएका छन् । विपक्षीको रणनीतिमा एमालेकै माधव नेपाल समुह पनि सहभागी भएपछि ओली अप्ठेरोमा परेको हो । नेपालले पनि दौडधुप जारी राखेका छन् । यस्तो अवस्थामा ओलीले आफ्नै पार्टीका रु ष्ट नेताहरुलाई बोलाएर कुराकानी गर्न लागेका हुन् ।

माधव नेपाल पक्षमा रहेर पनि मौन बसेका गोकर्ण विष्टलाई ओलीले शुक्रवार वालुवाटार बोलाएर कुराकानी गरेका छन् । विष्टलाई ओली आफैले फोन गरेर बोलाएका थिए । उनले वालुवाटारमा विष्टसंग लामो कुराकानी गरेका छन् ।

यद्धपी विष्टले पनि पार्टीभित्र देखा परेका समस्या समाधानका लागि ओलीले नै पहल गर्नुपर्ने सुझाव दिएको बताइएको छ । माधव नेपाल लगायतका केही नेतामाथि गरिएको कारबाही फिर्ता लिएर विश्वासको वातावरण बनाउन विष्टले ओलीलाई आग्रह गरेको स्रोतले बताएको छ ।

नेपाल समूहमा रहे पनि ओली पक्ष प्रति पनि नरम रहँदै आएका विष्टलाई खेमा परिवर्तन गर्न सक्ने भन्दै ओलीलाई सुझाव दिएका छन् । केहि महिनायता दुई पक्षका एमाले नेताहरु एकआपसमा आरोप प्रत्यारोपमा उत्रँदा पनि विष्ट मौन रहँदै आएका छन्।

तर विष्टको यो पुरानै शैली हो । विष्ट आफ्नो निर्वाचन क्षेत्र र पार्टी संगठनमा बलियो पकड भएका नेता हुन् । उनी मन्त्री बन्दा पनि राम्रो काम गरेर जनताको मन पनि जितेका छन् । ओलीले नेपाल पक्षका घनश्याम भूसाल, योगश भट्टराई लगायतका नेताहरुसँग पनि गएराति बालुवाटारमै बोलाएर घण्टौं छलफल गरेका थिए।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्