प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक सभामुख र प्रतिपक्ष दलका नेता जालान् ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । ओलीले आइतवारका लागि वैठक बोलाएका हुन् । अध्यादेश मार्फत संवैधानिक आयोगमा नियुक्त गर्न ओलीले बैठक बोलाएका हुन् । राष्ट्रपति भण्डारीले सरकारको सिफारीसमा केही दिन अघि मात्र अध्यादेश पारीत गरेकी थिइन् ।

राजनीतिक दलहरुबीच कलह भएकै बेला बोलाइएको संवैधानिक परिषदको बैठकमा सभामुख र विपक्षी दल सहभागी हुने सम्भावना भने कम छ । यस अघि पनि प्रधानमन्त्रीले बोलाएको बैठकमा सभामुख र प्रतिपक्ष दल सहभागी नभएपछि ओलीले अध्यादेश मार्फत संवैधानिक आयोगमा नियुक्ती गरेका थिए । उनको यो कदमको अन्य पार्टीले विरोध गरेका थिए । परिषदका एक जना सदस्यले दिएको जानकारी अनुसारआयोगमा रिक्त पदपूर्ति गर्न बैठक बोलाएका हुन् ।

उनका अनुसार लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगहरुमा पदाधिकारी रिक्त रहेका कारण ओलीले नियुक्त गर्न चाहेका छन् । माओवादी केन्द्र र कांग्रेसले सहयोग नगरेका कारण नियुक्त हुन सकेका छैनन् ।

संवैधानिक आयोगमा नियुक्तिका लागि यसअघि प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता र सभामुख उपस्थित नभएका कारण नियुक्त हुन सकेको छैन । अहिले फेरि सरकारले अध्यादेशमार्फत नियुक्ति गर्न लागेको हो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्