एमालेका यी नेताले नै अस्पतालमा बेड पाएनन्, एम्बुलेन्समा राखेर घुमाउँदा घुमाउँदै निधन



नेकपा एमालेका स्थानीय नेता समेत रहेका एक् जनप्रतिनिधिको ज्यान गएको छ । उनको कोरोनाको कारण ज्यान गएको हो । उनलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएपनि उनका लागि बेड पाइएन ।

बेड नपाएपछि उनको एम्बुलेन्समै ज्यान गएको हो । बुटवल उपमहानगरपालिका– ७ का वडा सदस्य नवीन थापामगरको अस्पतालमा बेड खोज्दाखोज्दै एम्बुलेन्समा नै मृत्यु भएको हो ।

नबीन नेकपा एमालेको वडाअध्यक्षसमेत रहेका थिए । ४४ वर्षीय थापा ७ दिनअघि कोरोना पोजिटिभ भएका िथिए । त्यसपछि बेड अभावका कारण होम आइसोलेसनमा थिए । उनकालागि जति प्रयास गर्दा पनि परिवारले वेड पाउन सकेका थिएनन् ।

थापालाई तीन दिनअघि शय्या खोज्दा नपाएपछि घरमै अक्सिजन लिएर राखिएको थियो । पछिल्लो समय उनको समस्या बढेपछि भैरहवामा अस्पताल लैजान खोजिएको थियो ।

त्यस समयमा एम्बुलेन्समै बिहिबार राति मृत्यु भएको वडाध्यक्ष कमल प्रताप थापाले जानकारी दिए ।

उनले भैरहवा गएर विभिन्न अस्पतालमा राख्ने कुरा गर्दा–गर्दै एम्बुलेन्समा निधन भएको जानकारी दिएका छन् । यसअघि ,बुटवलमा एक जना वडा सचिवको पनि यसै गरी ज्यान गएको थियो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्