‘रअ’का नेपाल प्रमुख भट्नागर काठमाडौंमा, बढ्यो राजनीतिक चहलपहल



काठमाडौं । भारतीय गुप्तचर एजेन्सी ‘रअ’ का नेपाल प्रमुख राजिव राय भट्नागर काठमाडौं आइपुगेका छन् । उनी शुक्रबार साँझ एयर इण्डियाको बिमानबाट काठमाडौं आइपुगेका हुन् । रअको नेपाल स्टेशन भटनागरले सम्हाल्ने भएका छन् ।

उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राजिव यसअघि भुटानमा थिए ।

त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका हुन् । अभिजित अल्दरको तीन वर्षे कार्यकाल सकिइसकेको छ । नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे ।

यसैबीच, गौशालामा रहेको एक धर्मशालामा भारतीयहरुको बाक्लो उठबस रहेको र त्यहीँबाट विभिन्न राजनीतिक नेतालाई भेटघाट गर्ने गरिएको उच्च सुरक्षास्रोतले जानकारी दियो ।

रातो पाटीका अनुसार सरकारले अन्य देशको हवाई उडान बन्द गरे पनि भारतबाट हुने उडान बन्द नगरेका कारण भारतीय गुप्तचरका अधिकारीहरुलाई काठमाडौं आउन सहज भएको छ ।

नेपालमा केही वर्षयता भारतीय गुप्तचर ‘रअ’ को चलखेल रोकिएको थियो । तर, ०७७ सालको कात्तिकमा ‘रअ’ का प्रमुख सामन्त गोयलले विशेष विमानबाट काठमाडौं आएर बालुवाटारमा केपी ओलीसँग भेट गरेपछि रअको चलखेल पुनः सुरु भएको हो ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्