माधव पक्षका सांसदहरु सिंहदरवारमा, केहीबेरमा राजीनामा बुझाएर बाहिरिने तयारी



काठमाडौं – काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि माधव नेपाल पक्षधर एमाले सांसदहरु सिंहदरवारमा भेला हुन थालेका छन् । सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् ।

माधव-झलनाथ पक्षका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। सांसद झपट रावलले बैठक सुरु भएको जानकारी दिए।

माधव नेपालसहितका सांसदहरू उपस्थित भएलगत्तै बैठक सुरु भएको हो। सांसद रावलले पार्टी एकता जोगाउन गरिएको अन्तिम कसरत पनि सफल हुन नसकेको बताए।

‘हामीले पार्टी एकता जोगाउन सकेनौं, अहिलेको बैठकले अब राजीनामाको निर्णय गर्छ,’ उनले भने, ‘त्यसपछि हामी राजीनामा दिन्छौं।’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई खनाल-नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिबद्धता खोजेको थियो। तर, बिहान ९ बजेसम्म पनि पार्टी अध्यक्ष ओली पक्षबाट कुनै जवाफ नआएपछि माधव झलनाथ पक्षले एकता जोगाउन नसकिएको निष्कर्ष निकाल्दै राजीनामा दिन लागेको हो।

ओली पार्टी एकताकोविरुद्धमा रहेको पुष्टि भएको माधव पक्षीय सांसदहरूले जनाएका छन्। नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।

नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको छ । आफूहरुले राजीनामा दिएपछि संसदको संख्या घट्ने र त्यो अवस्थामा संसदमा एमाले बाहेक अन्य दलको बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्