राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले राजनीनामा दिंदै



प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) संसदमा विश्वासको मत लिनुअघि नै राजीनामा दिने तयारी थालेका छन्। पूर्व निर्णयाअनुसार आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको विशेष अधिवेशनमा विश्वासको मत लिनुपर्ने कार्यक्रम रहे पनि आफूलाई बहुमत प्राप्त नहुने निश्चित देखेपछि प्रधानमन्त्री ओलीले बरु त्यसअघि नै पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्। विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।

‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो योजना बनेको हो।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११/१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।

यही तयारीअनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिएका थिए।

प्रधानमन्त्री ओलीले राजीनामा गरेर पुनः प्रधानमन्त्री नियुक्तीको बाटो रोज्न सक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको पनि हो। तर धेरैको अनुमान अहिले पनि ओलीले संसदमा विश्वासको मतको परिक्षण गरेपछि बहुमत नपाएमा पुनः प्रधानमन्त्री नियुक्त हुने बाटो रोज्छन् भन्ने छ।

ओलीले समानान्तर योजनाहरू बनाइरहने भएकाले अन्तिममा कुन चाहिँ योजनामा अगाडि बढ्छन् भनेर अनुमान गर्न विपक्षी राजनीतिक नेताहरूलाई पनि कठिन हुँदै आएको छ। आज पनि एमालेकै केही नेता र विपक्षी नेताहरू संसदमा ओलीले विश्वासको मतको परिक्षण गर्ने बताउँछन्। तर ओली निकट केही नेताहरू भने राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटोमा ओली अगाडि बढेकोमा विश्वस्त छन्।

यसपटक ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु तथा विपक्षीले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुअघि नै विश्वासको मत लिने निर्णय गरेका थिए। त्यसैका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दै छ।

तर नेपाली कांग्रेस, मोओवादी केन्द्र र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने जानकारी ओलीलाई दिइसकेका छन् भने एमालेकै माधव नेपाल पक्षका करिब २६ सांसदले समेत ओलीलाई साथ नदिने बरु सांसद पदबाटै राजीनामा दिने तयारी गरेका छन्। श्रोत नेपाल खबर

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्