एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम, मलिन अनुहार बनाउँदै माधव नेपाल सिंहदरवार पुगे



काठमाडौ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएपछि पनि ओलीका तर्फवाट केही प्रतिकृया नआए पछि माधव नेपाल पक्ष गम्भिर निर्णय गर्ने अवस्थामा पुगेको छ । सोमवार विहान स्थायी समिती बैठक सकेत र अब एमाले सांसदहरु सिंहदरवारमा भेला हुन थालेका छन् । सांसदहरुको बैठकका लागि नेता नेपाल सिंहदरवार पुगिसकेका छन् ।

ओलीका तर्फवाट पार्टी एकताका लागि लचकता नअपानाएका कारण अब कठोर निर्णय लिन लागिएको नेताहरुले बताएका छन् । नेपाल पक्षीय सांसद झपट रावलले केपी ओलीको दम्भका कारण पार्टी एकताका सम्पूर्ण प्रयास असफल भएको प्रतिकृया दिए । उनीहरुको अनुहार भने मलिन देखिएको थियो । आइतवार प्राइम टेलिभिजनमा अन्तरवार्ता दिने क्रममा एमाले नेता रामकुमारी झाँक्रीले कठोर निर्णय लिन ओलीले बाध्य बनाएको भन्दै भावुक भएकी थिइन् ।

आइतवार माधव नेपालले पार्टी एकताका लागि भन्दै ६ बुँदे प्रस्ताव ओली समक्ष पेश गरेका थिए । सो पुरा गराउने ओलीलाई सोमवार विहान ९ वजे सम्मको अल्टीमेटम दिइएको थियो । अब सामुहिक राजिनामाका लागि नेपाल पक्षका नेताहरु सिंहदरवारमा भेला भएका हुन् । नेपाल पक्षीय सांसदहरुले एमाले सांसदको हैसियतमा आजको बैठक अन्तिम हुन सक्ने बताएका छन् ।

नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन । तर पार्टी विभाजन नै हुने भएपछि समानुपातिक सांसदले पनि राजीनामा दिने तय भएको एक नेताले बताए । आफूहरुले राजीनामा दिएपछि संसदको संख्या घट्ने र त्यो अवस्थामा संसदमा एमाले बाहेक अन्य दलको बहुमत पुग्ने आँकलन नेपाल पक्षको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्