एसईई र कक्षा १२ का बारेमा परीक्षा बोर्डले भर्खरै गर्यो यस्तो निर्णय



काठमाडौं । यो वर्ष पनि यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । गत वर्ष परीक्षाको अघिल्लो दिन स्थगीत भएको एसईई यो वर्ष भने दुई महिना अघि नै स्थगीत भएको निर्णय सार्वजनिक गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बैठक सोमवार विहान बसेको थियो । बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । निषेधाज्ञाका कारण परीक्षा संचालनमा कठिनाई हुने र विद्यार्थी पनि सम्बन्धीत केन्द्रमा पुग्न नसक्ने भएकाले स्थगीत गरिएको हो ।

यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु हुने तालिका थियो । अघिल्लो वर्ष पनि लकडाउनकै कारण यी दुवै परीक्षा सरेका थिए । स्थगीत भएको परीक्षा कहिले संचालन गर्ने भन्ने विषयमा अहिले निर्णय भएको छैन । अवस्थाको मुल्याकंन गरेर थप निर्णय गर्ने बुझिएको छ । विद्यार्थीहरु परिक्षाको समय निर्धाण भएपछि तयारीमा लागेका थिए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्