पहिलो पटक बसेको एमाले कार्यदलको बैठकले गर्यो यस्ता निर्णय, नेतालाई यस्ता काम नगर्नु भन्दै दिए सुझाव



काठमाडौं । नेकपा एमालेको विवाद सुल्झाउन गठन भएको कार्यदलको पहिलो पटक बैठक बसेको छ । सोमवार नेता भिम रावलको आँखामा समस्या आएका कारण बैठक बस्न सकेको थिएन । मंगलवार बसेको बैठकले आफ्ना आफ्ना नेतृत्वलाई विभिन्न सुझाव दिएको छ ।

भेटवार्तामा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको छ भने नेतृत्वलाई पार्टी एकता जोगाउने काम गर्न सुझाव दिएका छन् । माधव पक्षका कार्यदल संयोजक भीम रावलले बैठकमा भएको निर्णयका बारेमा जानकारी दिँदै पार्टीमा देखिएका समस्यालाई यथोचित रूपमा समाधान गर्दै पार्टी पंक्तिलाई एकतावद्ध रूपमा अघि बढाउन सबैसँग सहयोग र सद्भावको लागि आग्रह गरेको बताए ।

‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक९आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ ‘, रावलले भने । आजको वार्तामा विष्णु पौडेल र शंकर पोखरेल काम विशेषले अनुपस्थित रहेको भन्दै नेता रावलले बैठक पुनस् भोलि तय गरिएको बताए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्