सर्बोच्चका पूर्व न्यायाधीश बलराम केसीसँग भन्छन्, प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीलाई राज्यद्रोहको मुद्दा चलाउनुपर्छ



काठमाडौं । पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधिसभा विघटन गर्नुलाई असंवैधानिक कदमको संज्ञा दिएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग विशेष कुरा गर्दै केसीले यस्तो बताएका हुन् ।

उनले भने-‘यो कदमले संविधानपनि बर्बाद भयो, देश नै बर्बाद हुनु भयो । त्यसपछि यो सर्वोच्च अदालतको पनि कुनै प्रतिष्ठा रहेन । सर्वोच्च अदालतले संसद विघटन गर्न पाईँदैन्, पूरा कार्यकाल चलाउनुपर्छ भनेको थियो । तर, फुल फ्लेज चलाउन नदिनु भनेको मतलब संविधान ध्वस्त पार्ने काममात्रै होईन की अदालतको मान, मर्यादापनि गयो । र, देशको अस्थिरता गयो । नेपाली जनता अहिले कोरोनाको मारमा परिरहेका छन्, दैनिक ज्यालादारी खान नपाएर मरिरहेका छन् ।

अहिले प्रधानमन्त्रीले आरामदायी सरकारी क्वार्टरमा बसेर संसद् विघटन गर्नुभयो । अब सबभन्दा पहिला के गर्नुपर्छ भन्दा अदालतमा मुद्दा लानुपर्छ, संसद् विघटन रोक्नको लागि माग गर्नुपर्छ । अर्को के भने अल्पमतमा परेको, विश्वासको मत लिन नसकेको प्रधानमन्त्रीले मनमोहन अधिकारीको नजिरबाट पनि संसद् विघटन गर्न पाईँदैन्, पहिलाको नजिरले पनि पाईँदैन् । र, अहिले पछिल्लो नजिरले पनि पाईँदैन् ।

यो अदालतको अवहेलना पनि भयो । संविधान ध्वस्त भयो । अन्तर्राष्टिय समूदायले पनि खिल्ली उडाउने काम भए । सिभिल सोसाईटी र संविधानप्रति कटिबद्ध नेपालीको दृष्टिमा राष्ट्रपति र प्रधानमन्त्रीमा कुनै मर्यादा रहेन । सबभन्दा दुर्भाग्य के हो भने रोक्ने काम राष्ट्रपतिको हो । जुन हेर्न बाँकी छ । जनतालाई असर गर्नेगरि कसरी विघटन गर्नुपर्छ ?’

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्