मन्दिरमा लगेर सुटुक्क शिल्पा संग बिहे गरेका अक्षयले आखिर रविना लाई नै किन अपनाए ?



एजेन्सी । बलिउड नायिका अहिले शिल्पा सेट्ठी कुन्द्रा आफ्नो वैवाहिक जिवनमा निकै खुसी छन् । उनीसंग संसारकै महंगा बस्तुहरु छन् भने बलिउडमा पनि उनको आफ्नै स्थान छन् । तर कुनैबेला उनी बलिउड नायक अक्षय कुमारसँग गहिरो प्रेममा थिइन् । तर, उनको प्रेम अधुरो नै रहन पुग्यो । शिल्पा र अक्षय सन् १९९४ मा रिलिज भएको चलचित्र ‘खिलाडी तु अनाडी’मा एकसाथ देखिएका थिए । यसपछि, यी दुइ नजिक हुन पुगेका थिए । बलिउड बजारमा शिल्पा र अक्षयको प्रेम चर्चा सुरु हुन थालेको थियो ।

नायक अक्षय कुमारले नायिका रविना टन्डनसँगको प्रेम सम्बन्ध तोडेर शिल्पालाई प्रेम गर्न थालेका थिए । मन्दिरमा विवाह समेत गरिसकेकी रविनालाई उनले शिल्पाका लागि धोका दिएका थिए । जसरी रविनालाई मन्दिरमा भगवान साक्षी राखेर विवाह गरेका थिए शिल्पालाई पनि त्यही शिलसिला दोहोर्याए । अक्षयले रविनासँग जस्तै शिल्पासँग पनि एक मन्दिरमा बिहे गरेका थिए । तर, उनको जीवनमा जब नायिका ट्विंकल खन्नाको प्रवेश भयो, यसपछि उनले शिल्पासँगको सम्बन्ध पनि सकियो ।

‘फिल्मफेयर म्यागेजिन’का लागि एकसाथ फोटो सु ट गरेपछि अक्षय र ट्विंकलबीच प्रेम बढ्यो । उनीहरुले ‘मे खिलाडी तु अनाडी र इन्साफ’ लगायतका चलचित्रमा एकसाथ काम पनि गरे । शिल्पा र अक्षयले सन् २००० मा रिलिज भएको चलचित्र ‘धड्कन’मा अन्तिम पटक एकसाथ काम गरेका थिए । अक्षयले आफूलाई धोका दिएको थाहा पाएपछि शिल्पाले उनीसँगको नजिकिन छोडेकी थिइन् ।

अक्षयको बिषयमा कुरा गर्दै शिल्पाले एक अन्तरवार्तामा भनेकी छिन्–‘मैले कहिले पनि सोचेको थिइनँ कि अक्षयले मेरो साथमा यस्तो गर्नेछन् । म ट्विंकललाई यो कुरामा दोषी मान्दिनँ । जब मेरो पार्टनरले नै मलाई धोका दिएका छन् भने अरुसँग म किन गुनासो गर्नु ? ‘म खुशी यसकारण छु कि मैले आफूलाई यो घटनाबाट बाहिर निकाल्न सकेँ । म अक्षयलाई कहिले पनि माफी दिन्नँ र उनीसँग कहिले पनि काम गर्दिनँ ।’ शिल्पाले अक्षयमाथि आरोप लगाउँदै यूवतीको भरोसा जित्नका लागि उनीहरुसँग बिहेको नाटक रच्ने गरेको पनि बताएकी छिन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्