नयाँ बानेश्वरमा क्रेनले उचालेर राखियो आकाशे पुल (फोटो फिचर)



काठमाडौं । काठमाडौंको अति व्यस्त चोकमध्येको एक नयाँ बानेश्वर चोकमा आकाशे पुल बुधबार क्रेनको सहायताले खम्बामा चढाइएको छ । भुइँमा जडान गरिएको पुल बुधबार क्रेनको सहायताले सडक किनारको खम्बामा चढाइएको छ ।

संघीय संसद् भवन नजिकैको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो का’ट्ने यात्रीले सास्ती खेप्दै आएका छन् । बुधबार अपरान्ह भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकाशेपुलको पिल्लरमा जोडिएको छ ।

बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दुरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारपार गर्न सहज बनाउने बताइएको छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ । ३८ मिटर लम्बाईको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ ।

करिब ३ करोड १० लाख रुपैयाँ लागतमा पुल बन्न लागेको हो। काठमाडौंको सबैभन्दा व्यस्त मानिएको बानेश्वरमा आकाशे पुल बनेपछि सवारी जाम नियन्त्रण गर्न सहज हुने अनुमान गरिएको छ। आकाशे पुल नयाँ बानेश्वर चोकदेखि पश्चिमतर्फ करिब ५० मिटर क्षेत्रमा बनेको छ। तस्विर गोरखापत्र

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्