स्वास्थ्यमन्त्री तामाङको १५ ठाउँमा जग्गा, २२ तोला सुन



काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ती विवरण अनुसार १५ ठाउँमा जग्गा देखिएको छ । मन्त्री नियुक्त भएलगतै उनले सम्पति बिबरण सार्वजनिक गरेका हुन् । यस अघि मन्त्री छोडेका नेताहरुले सम्पत्ती विवरण सार्वजनिक गर्दै आएका छन् ।

उनले मन्त्री बने लगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । तामाङ्ले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको र श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ कित्ता जग्गाजमिन रहेको छ ।

उनले बुझाएको सम्पत्ती विवरणमा सिन्धुपाल्चोकको सिन्धुकोट र मेलम्चीमा गरी झन्डै १८ रोपनी जग्गाछ । श्रीमती उषाकलाको नाममा काठमाडौंको जोरपाटीमा ३ आनामा बनेको अढाई तले घर सहित पूर्वका विभिन्न जिल्लामा ११ स्थानमा जग्गा जमिन रहेको उल्लेख छ ।

यस्तै तामाङको काठामाडौंमा ६ आना २ पैसा १ दाम जग्गा पनि सम्पत्ती विवरणमा देखिएको छ । उनले सम्पत्ती विवरणमा आफुसंग २२ तोला सुन रहेको विवरण पेश गरेका छन् । अघिल्लो पटक कानून मन्त्री भएका बेला उनले ३० तोला सुन भएको विवरण सार्वजनिक गरेका थिए ।

सम्पत्ती विवरणमा उनले बैंकमा रहेको नगद र केही ऋण पनि देखाएका छन् । तामाङसँग एउटा कार र मोटरसाइकल रहेको छ भने श्रीमती राईको पनि एउटा कार रहेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्