पोखराबाट पक्राउ ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामा पक्राउ परेको केहि घण्टामै खुल्यो यस्तो रहस्य, यति ठुलो रहेछ प्लान



पोखरा — ‘गुण्डा नाइके’ का रुपमा चिनिएका गणेश लामालाई कास्की प्रहरीले बिहीबार पोखरामा पक्राउ गरेको छ । गण्डकी प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गेलाई भेट्न आएको भन्दै सोधपुछका लागि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । निषेधाज्ञाका बेला पोखरा किन आए भन्ने खुलेको छैन ।

लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका लामा पछि क्याटवाक रेस्टुरेन्ट पुगेको सूचनाका आधारमा प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङले विश्वासको मत लिने बेलामा लामा पोखरामा पुग्नुलाई राजनीतिक मानिएको छ । राजनीतिक चलखेलका लागि उहाँ काठमाडौंबाट पोखरा पुग्नुभएको बताइएको छ ।

बिहीबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वसको मत लिने भएपछि बिहानैबाट मनाङ्गे सम्पर्कविहीन बनेको थिए । उनले त्यसअघि मुख्यमन्त्रिको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, उनी बिहीबारको मतदानमै सहभागी भएनन् ।

यसअघि भने मुख्यमन्त्री गुरुङको पक्षमा उभिएका मनाङ्गेलाई गणेश लामाले विपक्षमा मतदान गर्न फोर्स गरेको बुझिएको छ । लामा र मनाङ्गेबीच बुधबार साँझ लेकसाइडको एक होटलमा भेट भएको प्रहरीको भनाइ छ । सो भेटपछि नै मनाङ्गेले विपक्षमा मतदान गर्ने धारणा बनाएको बताइएको छ ।

प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए । स्रोतका अनुसार कुनै समय एकै गुटका लामा र मनाङ्गेबीच केही वर्ष यता भने सम्बन्ध राम्रो नभएको आशंका थियो ।

सोही बिषयमा सोधपुछका लागि लामालाई प्रहरीले पक्राउ गरेको हो । अहिले लामालाई इलाका प्रहरी कार्यालय बैदाममा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्