….त्यसपछि मा’ रेको श्रीमती र छोरालाई अंगालो हाल्दै रातभर सँगै सुतें



काठमाडौ । बनेपामा ६ बर्षिय युवान घिमिरे र युवानको आमा ३० बर्षिया मनिषा कार्की घिमिरे (उपाध्याय) को रहस्यम मृत्युको कारण अझै खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान जारी राखेको छ । घटना भएको आइतवार ५ दिन पुगीसकेको छ । मनिषाको ससुरा ८२ बर्षिय शान्तप्रसाद घिमिरेले घटना रहस्यम भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।

उनका छोराको ३३ बर्षिय कमल भनिने माधवप्रसाद घिमिरेको अहिले आइसियुमा उपचार जारी छ । कमलको शिर मेमोरियल अस्पताल बनेपाको आईसियु कक्षमा उपचार भईरहेको छ । टिकटकमा छोरा युवानले आमा मनिषाको आँखाबाट बगेको आँशु पुछिदिएको अभिनय गरेका थुप्रै भिडियो छन् । ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक राजन कोईरालाले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताएका छन् ।

बनेपा नगरपालिका वडा नम्वर ८ स्थित नाला दोबाटामो फेन्सि पसल गर्दै आएका थिए कमलले । केही वर्ष विदेश बसेर आएका उनी नेपालमै अब वृद्ध बुवा आमाको नजिक बस्नुपर्छ भन्ने दाई भाउजुको सुझाव पछि नेपाल फर्किएका थिए । पाँचखाल नगरपालिका वडा नम्वर ७ स्थायी घर भए पनि कमलका बुबाहरु ललितपुर जिल्लाका स्थायी बासिन्दा हुन् ।

बैदेशिक रोजगारबाट फर्किए पछि केहि गर्ने उदेश्यले दाजुभाईहरुको सल्लाहमा कमलले बनेपाको नाला दोवाटोमा फेन्सी पसल राखेका उनको पछि ब्यवहार विग्रदै गयो । र क्सी खाने र नराम्रो संगतमा लागेका कारण श्रीमान श्रीमतीबीच सम्बन्ध पनि विग्रदै गएको अनुसन्धानमा देखिएको छ । पछिल्लो समय श्रीमान श्रीमतीले पसल पनि छुट्टा छुट्टै संचालन गर्दै आएका थिए ।

उनको विवाहेत्तर सम्बन्ध पनि रहेका कारण श्रीमतीसंग विवाद हुने गरेको छिमेकीको अनुमान छ । जसको घरमा भाडामा बसेका थिए उनीहरुले पनि कमलको ब्यवहार फरक हुँदै गएको बताएका छन् । बरु असार १ गतेसम्म कमलले आफन्त र साथिभाईसँग सापटी भन्दै ५ लाख भन्दा धेरै रकम उठाएको पनि देखिएको छ । त्यो पैसा के गरे खोल्न सकेको छैन । मनिषा असार २ गते साँझ घर फर्कदै गरेको छिमेकीले अन्तिम पटक देखेका थिए । उनले मेरो पनि चितवनकै सविता भण्डारीको अवस्था हुन्छकी भन्ने लागेको छ भन्दै केही साथीलाई पनि सुनाएको अनुसन्धानवाट खुलेको छ ।

डेरामा पुगे लगत्तै मनिषा र कमलको झ ग डा भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनास्थलमा रहेको ओछ्यानमा मनिषा र युवान उत्तानो परेका छन् । केहि चक्कि सिटामोल र खाली खोलहरु छन् । शंकास्पद अवस्थामा उनिहरुलाई असार ३ गते राति ११ बजे फेला पारिएको छ । प्रारम्भिक अनुसन्धानबाट कमल मनिषासँग झ ग डा भए पछि नजिकै होटलमा गएर एकै पटक ७ वटा चु रो ट खाएर फर्किएका थिए । होटलबाट फर्किएर ओछ्यानमा सुतिरहेका मनिषा र युवानलाई ब्लान्केटले नाक मुख थु ने र श्वास फेर्नै नदिई मा रे को आशंका गरिएको छ ।

दुई दिन सम्म पनि मनिषा कतै नदेखिएपछि आफन्त र छिमेकीलाई शंका लागेर खोजी गर्न थाल्छन् । कमललाई नै मोटरसाइकलमा राखेर मनिषालाई खोज्न निस्क्छन् । नाला दोबाटो अलिक भित्र पुगेपछि कमल मोटरसाईकलबाट ओर्लेर भाग्न खोज्छन् । उनी भागेपछि प्रहरी बोलाइन्छ । प्रहरी र तिनै मोटरसाईकलको सहयोगमा उनी पक्राउ पर्छन ।

प्रहरीलाई दिएको प्रारम्भिक बयानमा कमलले भनेका छन्, मैले असार २ गते राति नै उनिहरुलाई मा रे र कोठामा ताल्चा लगाएर राखेको छु । आफु पनि म र्ने प्रयासमा कसैलाई भनिन । बरु म रे को श्रीमतीलाई अंगालो हाल्दै रातभर सँगै सुतें । प्रहरी र आफन्तले कोठा फोरेर हेर्दा मनिषा र युवान मृ त अवस्थामा आफ्नै ओछ्यानमा फेला परेका थिए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्