आज काठमाडौं उपत्यकामा देखिएको अनौठो दृश्य



काठमाडौं । सोमवार विहान काठमाडौ स्थित त्रिभुवन अन्तराष्टिय विमानस्थलको आकासमा अनौठो दृष्य देखियो । एउटै विमान घरी उड्ने फेरी बस्ने र फेरी उड्ने गरिरहेको थियो । त्यो जहाज विमानस्थल माथि फन्को लगाउँथ्यो फेरी आएर बस्थ्यो । यस्तो देखेपछि विमानस्थल वरपरका बासिन्दा अचम्म परे । एउटै जहाज छिनमै उड्ने र बस्ने गरेको देखेपछि स्थानियको मनमा चिसो पस्यो । कतै कुनै विपत पो आयो की ? तर यो कुनै विपद्को संकेत थिएन । अहिले निषेधाज्ञा भएका कारण विमानस्थल माथिको आकास खाली छ । विमानहरु उडेका छैनन् ।

बिहान साढे ७ बजेदेखि काठमाडौं उपत्यकामा एक जहाजले लगातार २२ फन्का लगायो । उक्त समय हिमालयन एयरलाईन्सको जहाजले ट्रेनिङ फ्लाईट गरिरहेको थियो ।

हिमालयन एयरलाईन्सले यसका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट २२ फन्का घुम्न पाउने गरी अनुमति लिएको थियो । कम्पनीका नयाँ पाईलटलाई विमानस्थलमा ल्यान्डीङ र रनको ट्रेनिङ दिनका लागि उक्त फ्लाईट गरिएको विमानस्थलका प्रवक्ता देव चन्द्र लाल कर्णले जानकारी दिए ।

उनका अनुसार हिमालयन एयरलाईन्सको ‘एच’ ९९९५१’ जहाजमार्फत उक्त् ट्रेनिक फ्लाईट गरिएको हो । यस्तो बेलामा विमानस्थल खाली हुने अर्थात फ्लाईट र ल्याण्डीङ नहुने समय मिलाएर यस्तो ट्रेनिङ फ्लाईट गरिन्छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्