भोलि देखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउन नपाउदै आयो यस्तो दुखद खबर



नेपालमा संक्रमणको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा नेपालमा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको जनाएको हो। यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक रहेको बताइएको छ ।  सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका भाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरिअन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा “भेरिअन्ट अफ कन्सर्न”का रूपमा अल्फा (B.1.1.7) र डेल्टा (B.1.617.2) भेरिअन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरिअन्ट (B.1.617.1) पुष्टि भएको छ। यी तीनैवटा भेरिअन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको मन्त्रालयले जनाएको छ।

यो उत्परिवर्तन यसअघि नै बीटा भनिने दक्षिण अफ्रिकामा फैलिएको भेरिअन्ट तथा अन्य भेरिअन्टमा देखा परिसकेको थियो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारी भन्छन्, “यो लहर कमजोर भइरहेको ठानेर खुकुलो भइराख्दा नयाँ-नयाँ भाइरस देखा परेका छन् र तिनले नयाँ लहर सिर्जना गर्न सक्छन् भन्ने चेतावनी दिएको छ।” “सोही अनुसार सरकारी तयारी र जनमानसमा सजगता अझ केही समय आवश्यक छ भन्ने खतराको घण्टी बजाएको रूपमा यसलाई बुझ्नुपर्छ।”

जुन १५ सम्ममा विश्व स्वास्थ्य सङ्गठनले ब्रिटेन, दक्षिण अफ्रिका, ब्रजिल र भारतमा प्रारम्भिक नमुना सङ्कलन गरिएका भेरिअन्टलाई क्रमश: अल्फा, बीटा, गामा र डेल्टा नाम दिएको छ। उसले सातवटा भाइरसका उत्परिवर्तित स्वरूपलाई ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’को समेत औपचारिक वर्गीकरण गरेको छ। नेपालमा पाइएको कापा भेरिअन्टको प्रारम्भिक नमुना गत वर्ष अक्टोबरमा भारतमा फेला परेको डब्ल्यूएचओको वेबसाइटमा उल्लेख छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्