काठमाडौँको निषेधाज्ञा खुकुलो भएपछि १० तस्विरमा हेर्नुहोस काठमाडौंमा सवारी चाप (तस्विर सहित)



उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जारी निषेधाज्ञा थप खुकुलो पार्दै निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएपछि सडकमा सवारी चाप बढेको छ ।

लामाे समयकाे बन्दाबन्दी पछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बार तोकेर विभिन्न पसल सञ्चालन गर्ने अनुमति दिए पछि व्यापार व्यबसाय खुलेका छन् । उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले निषेधाज्ञा खुकुलाे गर्ने निर्णय गरेको हो ।

असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तल हेर्नुहोस तस्विर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्