आफुले पठाएका ११ मन्त्री एकैपटक निकालिएपछि के गर्दैछन् महन्त ठाकुर ?



काठमाडौ । जसपाका नेता महन्त ठाकुरका लागि मंगलवार झट्का दिने खालको घटना भयो । सर्वोच्च अदालतले उनको पार्टीवाट निर्णय गरेर पठाएका ११ जनाको मन्त्रीपद एकै पटक खारेज गरिदियो । प्रधानमन्त्री केपी शर्मा ओली आफुहरुको माग प्रति सकारात्मक भएको निष्कर्ष सहित जसपाको ठाकुर पक्ष सरकारमा जाने निर्णयमा पुगेको थियो ।

तर कम्तीमा ६ महिना सरकार चलाउन पाइएला भन्ने आश गरेका ठाकुरले १५ बित्दा नबित्दै यस्तो निर्णय आउला भन्ने सोचेका थिएनन् होला सायद । सर्वोच्च अदालतको आदेशसँगै एकसाथ ११ मन्त्री पद गुमाए पछि ठाकुर अबको रणनीति तय गर्न छलफलमा जुटेका छन् ।

अनौपचारीक रुपमा छलफलमा रहेका उनले अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न विहिवार दिउँसो १ बजे बबरमहलमा नेताहरुलाई भेलाका लागि बोलाएका छन् ।  बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए। जसपाको ठाकुर पक्षबाट नेता राजेन्द्र महतोसहित केपी ओली नेतृृत्वको सरकारमा ९ मन्त्री र २ राज्यमन्त्री बनेका थिए।

तर दोस्रोपटक संसद् विघटनछि कामचलाउ प्रधानमन्त्री बनेका ओलीले गरेको मन्त्रिपरिषद् पुनगर्नठन अवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि एक महिना पनि नपुग्दै जसपाका सहित २० मन्त्रीको पद गुमेको हो। जसमा जसपाका ११ मन्त्री थिए । आफ्नै पार्टीका उपेन्द्र यादव र डा बाबुराम भट्टराई समुहले विरोध गर्दा गर्दै ठाकुरले सरकारमा जाने निर्णय गरेका थिए । जसका कारण पार्टी समेत विभाजनको संघारमा पुगेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्