माधव पक्षका नेता पाण्डे भन्छन्, ‘देउवालाई प्रधानमन्त्री बनाउने जिम्मा हामिले लिएका छैनौं, विपक्षीसंगको गठबन्धन भत्कन्छ’ (भिडियो हेर्नुस्)



काठमाडौ । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब केही दिनमै एमाले भित्र देखिएको विवाद समाधान हुने बताएका छन् । उनी माधव कुमार नेपाल पक्षका नेता हुन् । विवाद समाधानका लागि गठन गरिएको कार्यदलको सदस्य समेत रहेका उनले विवाद केही दिनमै समाधान हुने बताएका छन् । लामो समय सम्म विवाद कायम रहेका कारण कार्यकर्ता र तल्लो तहका नेताहरुमा पनि निराशा छाएको बेलामा फेरी नेताहरुबीच वार्ता सुरु भएको हो ।

उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने जिम्मा आफुहरुले नलिएको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैलीका कारण आफुहरु रु ष्ट भएको उनको भनाई छ । आफुहरु एजेण्डामा छलफल गरिरहेको र छिटै नै विवाद समाधान हुने पनि विश्वास ब्यक्त गरे । शिला पत्रको भिडियो सम्बादमा कुरा राख्दै उनले यस्तो बताएका हुन् ।

सहमति हुन्छ भन्ने विश्वास र वातावरण भएका कारण आफुहरु वार्तामा बसेको उनको भनाई छ । केपी ओली माधव नेपालसंग मिल्नै नचाहने भनेर गरिएको चर्चा गलत भएको उनको भनाई छ । मिडियाले अन्दाजमा यस्ता कुरा लेखेका हुन्, उनले भने यस्तो होइन । अन्तरविरोधलाई पार्टी भित्र ल्याएर समाधान गर्ने कुरामा कार्यदल भित्र

उनले अदालतमा दिएको हस्ताक्षर फिर्ता नहुने र त्यो फिर्ता लिँदा पनि त्यसले राजनीतिमा कुनै प्रभाव नपार्ने बताए । पार्टी एक भएपछि अलग अलग ढंगले नहिड्ने भएकाले त्यसको कुनै अर्थ नलाग्ने उनको भनाई छ । पार्टी एक भएको बेलामा विपक्षीसंगको गठबन्धन तो डि ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउने भन्ने कुरा हुँदैन । कुनै प्रशंगमा एक भएको भए पनि राजनीतिक रुपमा त्यस्तो नहुने बताए । उनले त्यो पार्टी भित्रको अन्तरविरोधका कारण देउवाको पक्षमा उभिएको भएपनि पार्टी विवाद मिले पछि देउवालाई प्रधानमन्त्री बनाउने कुरामा नलाग्ने बताए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्