माधव नेपाल समूहलाई ६ मन्त्रालय, को को हुँदैछन् मन्त्री ?



काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एमालेको माधव नेपाल समूह पनि सरकारमा जाने भएको छ । नेपाल समुहले ६ मन्त्रालयमा माग गरेको छ । तर धेरै दल सहभागी हुने सरकारमा मन्त्रालयको टुंगो भने लागेको छैन । एउटै पार्टीका फरक समुह भएका कारण देउवालाई मन्त्रालयको भाग लगाउन निकै समस्या परेको छ ।

नेपाल समुह पनि सरकारमा जाने भएपछि देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता भएका छ । माधव पक्षका नेता मेटमणी चौधरीले आफुहरु सरकारमा सहभागी हुने निष्कर्षमा पुगेको पुष्टि गरेका छन् । त्यसका बारेमा औपचारीक निर्णय लिन समुहको बैठक बस्दैछ । देउवालाई विश्वासको मत दिएका २२ सांसद बैठक बसेर त्यसवारे टुंगो लगाउने भएका हुन् ।

चौधरीले आफुहरुले ६ मन्त्रालयमा दावी गरेको भएपनि मन्त्रालयको टुंगो भने नलागेको बताएका छन् । बानेश्वरस्थित अर्याल होटलमा बस्ने नेपाल समुहको बैठकले त्यसवारे औपचारीक निर्णय गर्नेछ । देउवालाई प्रधानमन्त्री बनाउन नेपालको ठूलो भूमिका छ । उनले आफ्नै पार्टीको सरकार गिराएर देउवालाई प्रधानमन्त्री बनाउ संघर्ष गरेका थिए ।

मंगलवार बिहानमात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमाले नेता नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरे पछि यसवारेमा धारणा बनेको हो । उक्त विषयमा प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्