२०२१ अवार्ड प्राप्त गर्न सफल रोयल इन्फिल्ड मेटियर नयाँ मोटरसाइकल बुधबारबाट नेपालमा विक्री सुरु हुने, मुल्य यस्तो हुने



काठमाडौं । रोयल इन्फिल्डको बहुप्रतीक्षित मोटरसाइकल मेटियर ३५० आगामी बुधबार अर्थात साउन १३ गते नेपालमा सार्वजनिक गरिने भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले एक कार्यक्रमका बीच सो मोटरसाइकल सार्वजनिक गरिने बताएको छ । हालको अवस्थामा यो मोटरसाइकल सोसल मिडियाको माध्यमबाट भर्चुअल लन्च गरिने छ ।

यो मोटरसाइकल तीन भेरियन्ट र ७ कलर अप्सनमा नेपालमा सार्वजनिक हुने कम्पनी स्रोतले मेरोअटोलाई जानकारी दिएको छ । मेटोर ३५० मा अलोय ह्वील, डिस्क ब्रेक, गोलो हेडलाइट, एलइडी डे टाइम रनिङ लाइट, यूएसबी चार्जर, पुल्ड व्याक ह्याण्डलबार, स्वीङ रियर फेन्डर, एलइडी टेललाइट, सेमी-डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, व्ल्यूटुथ कनेक्टीभीटी, टर्न वाई टर्न इन्डिकेटर जस्ता फिचर यसमा उपलब्ध रहेको छ ।

मेटोर ३५० मा ३५० सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड, एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम २०.२ बीएच पावर र २७ एनएम टर्क प्रदान गर्ने छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसारको इन्जिनमा उपलब्ध हुने मेटोर ३५० मा ड्यूल च्यानल एबीएस दिइएको छ । कम्पनीले यसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्क दिएको छ भने १७० एमएमको ग्राउन्ड क्लियरेन्स दिएको छ ।

मोटरसाइकलको ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन कम्पनीले यसको अगाडि चक्कामा ट्वीन पिस्टन फ्लोटीङ क्यालीपरको साथ ३०० एमएमको डिस्क र पछाडि चक्कामा सिंगल पिस्टन फ्लोटीङ क्यालीपरको २७० एमएमको डिस्क दिएको छ । विभिन्न तीन भेरियन्टको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख ५० हजारको बीचमा रहने अनुमान गर्न सकिन्छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्