अभिनेत्री गरिमा पन्तले दिइन् छोरीलाई जन्म, फेसबुकमा लेखिन यस्तो स्टाटस



अभिनेत्री गरिमा पन्त छोरीकी आमा बनेकी छन् । मंगलवार फेसबुकमा छोरीसँगको एक तस्विर सार्वजनिक गर्दै उनले आफू आमा बनेको जानकारी दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौं । छोरी प्रिषा, तिमिलाई यो सुन्दर धर्तीमा स्वागत ।’

गरिमाले छोरीसँँगको तस्विर सार्वजनिक गरेपछि चलचित्रकर्मी र शुभचिन्तकबाट बधाईको ओइरो लागेको छ । २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेपछि उनी अभिनयमा सक्रिय छैनन् । विवाह लगत्तै उनले श्रीमानसँँग मिलेर बेल्जियममा नै ‘गरी सुसी’ नामक रेष्टुरेन्ट खोलेकी थिइन् ।

कोरोना महामारीभन्दा अगाडि पारिवारिक भेटघाटका लागि नेपाल आएकी गरिमा पछिल्लो पटक चलचित्र ‘तीन घुम्ती’ मा देखिएकी थिइन् । २०७० सालमा रिलिज भएको चलचित्र ‘झोला’ बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी उनी सोझी र भलाद्मी अभिनेत्रीको रुपमा परिचित छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्