विराटनगरमा मध्यरातमा महिलाको घरमा झ्यालबाट छिरेका यी युवाले के गरे यस्तो ?



एक्लै महिला भएको घरमा राति जाने एक पुरुष पक्राउ गरेका छन् । उनी महिलाको घरमा झ्यालबाट पसेका थिए । त्यहाँ उनले महिलामाथि नराम्रो नियत राखेर गएको बताइन्छ । तर उनलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । यो घटना बिराटनगरको हो ।

मध्यरातमा महिलाको घरमा गएर महिलामाथि त्यस्तो गरेको आरोपमा विराटनगरबाट ती युवा पक्राउ परेका हुुन् । प्रहरीले विराटनगर महानगरपालिका–६ का २८ वर्षीय गणेश महतोलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार महतोले मध्य राति अर्काको घरमा पसेर महिलामाथि त्यस्तो गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

ती युवाले यस्तो गरेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले सोमबार राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।

पछिल्लो समय महिलामाथि यस्ता घटना दिन दिनै भै रहेको समाचार आएका छन् । देशभरी यस्तो घटना बढ्नाले चिन्ता थपिएको छ । प्रतिकात्मक तस्वीर

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्