जाजरकोटका यि वडाध्यक्ष पक्राउ



काठमाडौ । जाजरकोटमा युवकलाई दाम्लाले बाँधेर कु,ट,पि,ट गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । जाजरकोटको जुनिचाँदे गाउँपाका- २ का वडाध्यक्ष रामबहादुर नेपाली प,क्राउ परेका छन् । भिडियो सार्वजनिक भएपछि घटनाको निकै आलोचना भएको थियो ।

साउन १५ गते स्थानीय सर्पे दमाइलाई भएको घटनालाई लिएर बिहीबार जाजरकोट प्रहरीले प,क्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।

‘वडा अध्यक्षलाई प,क्राउ गरेर ल्याइरहेका छौं, उहाँलाई कानून बमोजिम कारबाही हुन्छ, भिडियोका आधार र प्रहरी प्रतिवेदन अनुसार मु द्दा चलाउँछौं,’ प्रहरी निरीक्षक पाण्डेले भने ।

ति युवकलाई पनि प्रहरीले सदरमुकाम बोलाएको छ । तर युवकले अहिले सम्म प्रहरीमा जाहेरी दिएका छैनन् । तर सार्वजनिक भएको भिडियोमा उनी माथि गरेको ब्यवहार मानविय छैन । युवकको वयान पछि कारवाही अघि बढाउने प्रहरीको भनाई छ । प्रहरीले युवकलाई जाहेरी दिन पनि आग्रह गरेको छ । तर युवकले जाहेरी नदिएपनि कानुन बमोजिम कारवाही हुने प्रहरीको भनाई छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्