टिकटकमा भाईरल जोडी सरोज र बिनाले बिहे गरे । सरोजले सिन्दुर हाल्दा बिहेकै दिन टिकटकको निहुमा झगडा (भिडियो हेर्नुहोस)



पछिल्लो समय टिकटकमा निकै चर्चामा रहेका जोडी हुन्, सरोज प्रजा र बिना राउत । हिन्दी गीत पानी पानी होगईमा टिकटक बनाएर लकडाउनको समयमा निकै नै भाईरल भए । त्यसअघि पनि म्युजिक भिडियोहरुमा व्यस्त नै रहेका सरोज र बिनालाई त्यसपछि कामको चाप बढ्यो । छमछमीबाट डान्सरको रुपमा चिनिएका सरोज र तोरी तेल लाएर बोलको गीतबाट चर्चा पाएकी बिना अहिले धेरै नै व्यस्त छन् । यो जोडीलाई रियलमै पनि दर्शकहरुले जोडी होस भन्ने चाहना व्यक्त गर्दै सयौं कमेन्६ गर्दै आएका छन् ।

यसैबिच सरोज र बिनको बिहे भएको छ । दर्शकहरुको चाहना अनुसार आफुहरुले बिहे गरेको बताउँदै सरोज र बिनाले रमाईलो कुराकानी गरे । उनीहरुले बिहे कै दिन अब यसपछिको भविष्यका योजनाहरु सुनाए । बिनाले सरोजले अबका दिनमा आफ्नो लागि खाना बनाउनु पर्ने लगायत बिभिन्न सर्तहरु राखिन् । के बिना र सरोजले साँच्चै बिहे गरे त ? बिनाले सरोज र आफ्नो मित्रता र प्रेमको बारेमा खुलेर बताईन् । उनीहरुको पछिल्लो व्यस्तता टिकटकमा चर्चा पाएकै कारण भएको उनीहरुले स्विकार गरे । भिडियो हेर्नुहोस

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्