माधव नेपाल पक्षको केन्द्रीय समिती बैठकमा जाने ७० जना को को हुन् ? योगेश र पाण्डेद्धारा वहिष्कार



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले विहिवार केन्द्रीय कमिटी बैठक राखेको छ । संस्थापन पक्षले भने त्यसको विरोध गरेको थियो । संस्थापन पक्षले वैठकमा सहभागी नहुन निर्देशन दिएपछि बैठकमा ७० केन्द्रीय सदस्य सहभागी भएका छन् । माधव पक्षको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा जारी रहेको छ । जसमा माधव पक्षमा रहेका नेता योगेश भट्टराई र सुरेन्द्र पाण्डे भने सहभागी भएनन् ।

उनीहरुले वैठक वहिष्कार गरेका छन् । तर एमाले नेताहरुले भने उनीहरु को भिडको कन्ट्रयाक ट्रेसिङमा भएका कारण सहभागी नभएको बताएका छन् । एमाले एकता कि विभाजनको दबाब बढिरहेको बेला केन्द्रीय सदस्यहरूको राय बुझ्न नेपालले बैठक बोलाएका हुन् । यि दुई नेता एकताका लागि भन्दै निरन्तर ओली पक्षका दोस्रो तहका नेताहरुसंग बैठकमा छन् ।

बिहान ११ बजे बस्ने भनेको बैठक स्थायी कमिटीमा छलफल गर्नु परेका कारण झण्डै ४ घण्टा ढिला शुरू भएको हो । बैठकमा ७० जना केन्द्रीय सदस्य उपस्थित रहेको र केही उपत्यकाबाहिर रहेकाले छुटेका दावी नेपाल पक्षले गरेको छ । तस्बिर रिपोर्टस् क्वलका मुकुन्द कालिकोटेको

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्