माधव नेपाललाई यि ७ मुख्य नेताले भने ‘अब हामी तपाईलाई साथ दिन्नौं’



काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय समिती बैठकमा नयाँ रणनीतिका बारेमा छलफल भएको छ । केहीले अब माधव नेपाल पार्टी फुटाउने मनस्थितीमा पुगेको र .त्यसैका लागि केन्द्रीय सदस्यहरुको राय लिन बैठक बोलाएको आँकलन गरेका छन् ।

एमाले भित्र बढ्दो विवादले अब पार्टी विभाजन तर्फ गएको देखिन्छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सम्बाद हिनताको अवस्था छ । दुवै जना आफ्नो अडानमा छन् । ओली नेपाल वाहेकको एमालेको पक्षमा देखिएको बताइएको छ । यता नेपाल पनि ओलीसंग कुनै पनि हालतमा मिल्न नसकिने निष्कर्षमा पुगेका छन् ।

तर नेपालकै केही नेताहरुले पार्टी फुटाए हामी साथ दिन सक्दैनौं भन्दै जवाफ दिइसकेका छन् । नेपाल पक्षका नेताहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, घनश्याम भुसाल, भीम आचार्य कुनै हालतमा पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् ।

विहिवार नेपाल पक्षले राखेको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भए । नेपालले पार्टी फुटाउने तयारी गरेको संकेत पाएपछि बैठकमा अनुपस्थित भएको बुझिएको छ ।

माधव नेपाल पक्षका अधिकांश केन्द्रीय सदस्यहरु भने ओलीसँग मिल्न सक्ने अवस्था नरहेकाले नयाँ ढंगले बढ्नुपर्ने पक्षमा रहेपनि यि मुख्य नेताहरु भने पार्टी विभाजन गर्न नहुने पक्षमा छन् । तर, उपाध्यक्षहरु भीम रावल र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे एमालेभित्रै संघर्ष गरेर जानुपर्ने पक्षमा छन् ।

पार्टी विभाजन कुनै हालतमा स्वीकार्य नहुने सुरेन्द्र पाण्डे, योगेश भट्टराई र भीम आचार्यले माधव नेपाललाई भेटेरै भनिसकेका छन् । उपाध्यक्ष रावलले पनि पार्टी फुटाउन माधव नेपाललाई साथ दिन नसकिने जवाफ दिइसकेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्