हितेन्द्रले उर्जामन्त्रीलाई भने, कुनै हालतमा पनि म राजिनामा दिन्न



काठमाडौ । नेपाल विद्युत प्राधिकरणमा फेरी कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने सरकारको योजनामा ब्रेक लाग्ने देखिएको छ । वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले राजिनामा दिन अस्वीकार गरेका कारण यस्तो संकेत देखिएको हो । उनलाई सरकारले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

विहिवार उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुषाललाई भेटेर शाक्यले राजीनामा नदिने जानकारी गराएको स्रोतको दाबी छ । उनले अहिलेको अवस्थामा आफु कुनै पनि हालतमा राजिनामा गर्ने मनस्थितीमा नरहेको जानकारी मन्त्री भुषाललाई दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमानलाई कार्यकारी निर्देशक बनाउन चाहेका छन् । त्यसैले उनले मन्त्री भुषाललाई ठाडो निर्देशन दिएर हितेन्द्रलाई राजिनामा दिन लगाउन भनेका छन् । मन्त्री भुषालले शाक्यलाई वालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाकै अगाडी राजिनामा दिएर वाटो प्रसस्त गर्न भनेको बताइएको थियो । यसअघि हिजोमात्रै शाक्यले आफुलाई सरकारले जहाँ पठाएपनि जान तयार रहेको बताएका थिए ।

मन्त्री भुषालले भने शाक्यको कार्यसम्पादन चित्तबुझ्दो नभएकोले स्पष्टीकरण सोधिएको बताएकी छिन् । हिजो शाक्यले आफु इन्जिनियरिङ क्षेत्रको मान्छे भएकाले सम्बन्धित क्षेत्रसँग जोडिएको जुनसुकै ठाउँमा पठाएपनि काम गर्ने बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्