ट्राफिक प्रहरी कार्यालय पथरीले चलायो नम्बर लेखन अभियान



ईस्वर दुलाल
पथरी ।
दुर्घटना न्यूनिकरण गर्न सहज होस् भन्ने हेतुले ट्राफिक प्रहरी कार्यालय पथरीले सवारी साधनमा नम्बर लेखन अभियानलाई अघि बढाएको छ ।

नम्बर प्लेट नचिनिने अवस्थाका सवारी साधनहरु दुर्घटना भइसकेपछि त्यसलाई नियन्त्रणमा लिन एक किसिमको चुनौती नै भएका कारण सो अभियानको सुरुवात गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सुरुवात गरेको सप्ताहब्यापी अभियानमा हालसम्म ८६ वटा सवारी साधनको नम्बर लेखिएको छ ।

सो अभियान बारे ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख शैलेन्द्र कुमार गच्छदारले भन्नुभयो–‘कुनै पनि सवारी साधनले दुर्घटना गरेर भाग्दा समस्या आउने अनि पुराना मोटरसाइकलहरूका प्रायः नम्बरहरू मेटिएको, धमिलो, स्क्राच हुनेभएकोले हामीलाई कारवाही गर्न सहज होस् भन्ने अभिप्रायले यो अभियान अघि बढाइएका हौं ।’

ट्राफिक प्रहरीले यसअघि दुर्घटना न्यूनीकरणकै लागि तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोगबाट सवारी साधनको गति मापन गरी दिनहँु चेकजाँच गर्दै आइरहेको छ । कार्यालयले सुनझोडादेखि कानेपोखरीसम्म जनचेतनामूलक बोर्डहरु राखेको छ । ट्राफिक प्रहरी कार्यालय पथरीले आम सवारी चालक र यात्रुहरुलाई दुःख नहोस् भनेर जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्