दुई साइडमा क्यामेरा भएको स्मार्ट ग्लास फेसबुक र रेबनले सार्वजनिक गर्दै



एजेन्सी। फेसबुक र रेबनको सहकार्यमा निर्माण गरिएको स्मार्ट ग्लास आज साँझ सार्वजनिक हुँदै छ ।‘इभिलिक्स’ नामक ट्वीटर प्रयोगकर्ताले फेसबुक र रेबनका स्मार्ट ग्लासका विभिन्न लाइनअप बाहिर ल्याएका छन् ।

ग्लासको बाहिरी कभरमा रेबन र फेसबुक दुबैको लोगो प्रयोग गरिएको देख्न सकिन्छ । तर, ग्लासमा भने रेबनको लोगो मात्र प्रयोग गरिएको छ । उक्त ग्लासको नाम ‘रेबन स्टोरिज’ दिइएको छ ।
‘इभिलिक्स’ले सार्वजनिक गरेको जानकारी अनुसार ग्लासमा तीन विभिन्न फ्रेममा आउने छ ।

साथै ग्लासको प्रमुख विशेषता भनेको दुई साइडमा क्यामेरा रहेको छ । फेसबुकका मालिक मार्क जुकरबर्गले केही समय अघी चाँडै रेबनसँगको सहकार्यमा स्मार्ट ग्लास सार्वजनिक हुने बताएका थिए ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्