दीपिकाले अमिताभसंग भनिन्, ‘डिप्रेशनका कारण बाँच्नुको कारण नै केही छैन भन्ने लाग्यो’



एजेन्सी । दीपिका पादुकाण अहिले बलिउडमा सबैभन्दा महंगो नायीका मध्य पर्छिन । उनी रणवीर सिंहसंग विवाह गरेर वैवाहिक जीवन विताइरहेकी छन् । तर अमिताभ बच्चनले संचालन गर्ने कार्यक्रम कौन बनेगा करोडपति १३’ पुगेकी दीपिकाले अमिताभ बच्चनसँग आफु डिप्रेसनमा पुगेको कुरा बताएकी छन् ।

कार्यक्रममा अमिताभले दीपिकालाई प्रश्न गरेका थिए, ‘डिप्रसन भएको कसरी थाहा भयो ?’ उनले जवाफमा आफूलाई काम गर्न मन लाग्न छोडेको थियो भनेकी छन् । उनले भनिन्, ‘मलाई मानिसहरूसँग भेट्न मन लाग्दैनथ्यो । भित्रभित्रै एक्लोपना महसुस गर्थेँ । कहिलेकाही बाँच्नुको कारण नै केही छैन भन्ने लाग्थ्यो । जिन्दगीसँग मन अघाएको थियो ।’

डिप्रेसनमा परेको बेलामा दीपिकाले आफू निकै रोएको बताएकी छन् । डिप्रेसनबाट बाहिर निस्कन आफूलाई आफ्नी आमाले सहयोग गरेको पनि दीपिकाले बताएकी छन् । भनेकी छिन्, ‘मेरी आमाले मेरो अवस्थाका बारेमा थाहा पाएपछि एकजना डाक्टरसँग भेट्नुपर्छ भनेर भेट्न पहल गर्नुभयो ।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्