यस्तो आदेश आएपछि चर्चित गायिका विष्णु माझीको माइतीघरमा पुग्यो प्रहरी !



काठमाण्डौ । तीज विशेष भन्दै गायिका विष्णु माझीले गाएको ’चरी जेलैमा’गीतले पछिल्लो समय चर्चा मात्रै नभएर उनको निजी जीवन सार्वजनिक हुनुपर्छ भन्दै बहस चलेको छ। धेरैले गीत उनकै जीवनको व्यथा भएको तर्क दिएका छन भने कतिले बिष्णु माझीलाई किन यस्तो गरेको होला भन्ने प्रश्न खोजि रहेका छन ।

उनले गएको गीतहरु प्रया बजारमा हिट नै हुने गर्छ । त्यस्तै तीज को अबसर परेर केहि समय आगाडी माझीले गाएको त्यस गीत सबै भन्दा उत्कृष्ट भएको छ । सबै चेलिबेटीको दुख समेटेर गएको गीत बास्तबमै माझीको जिबनमा मेल खान्छ कि भनेर धेरैले आकडा गरेका छन । यो गीतमा उनकै श्रीमान् सुन्दरमणि अधिकारीको शब्द रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई पत्राचार गरी गायिका माझीकाे अवस्था बुझ्न आग्रह गरेपछी के हो कुरा भनेर जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रहरी टोली चर्चित लोकदोहारी गायिका विष्णु माझीको माइतीघर चापाकोट पुगेको छ ।

आयोगको चासोपछि उनको अवस्थाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय स्याङ्जाले गायिका माझीको माइतीघरमा प्रहरी टोली पठाएको जिल्ला प्रहरी स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रमुख बोगटीका अनुसार घरमा कोही पनि भेटिएनन् । विष्णुका बाबुआमाको निधन भइसकेको छ भने दाजु वैदेशिक रोजगारमा छन् । आयोगलाई गायिका विष्णु माझीको माइतीको अवस्थाबारे मौखिक जानकारी गराइ सकिएको एसपी बोगटीले जानकारी दिनुभयो ।

यसअघि पनि विष्णुबारे यस्तै चासो भएपछि स्याङ्जा प्रहरीले उनीहरूलाई बोलाएको थियो। २०७५ सालमा जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी माझीले आफू आफ्नै स्वेच्छाले यसरी जीवन बिताइरहेको बताएकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्